पढेर मैले गल्ती गरे ?          — OSNepal

पढेर मैले गल्ती गरे ?         

LC (KTM) January 27, 2023 0

-बिजय मोक्तान

कक्षा कोठाको हिरो म
ब्यवहारको आगनीमा जिरो भएछु
तीन घण्टे परीक्षाको उत्कृष्ट म
जीवनको अग्नि परिक्षामा फेल भएछु

लामा–लामा प्रवचन दिन सक्ने म
यथार्थमा सिन्को भाँच्न सकिन
कागजी घोडा उडाउने म
आफ्नै भाग्य लेख्न सकिन

किताबको जस्तो समाज छैन
समाज जस्तो किताव भएन
पढेको जस्तो जिवन पाइन
जीवन जस्तो पढेकै छैन्

नपढेरै भए बुद्ध यहाँ
म पढेर पनि बुद्धु भए
अहिले आएर लागिरहेछ
के पढेर मैले गल्ती गरे ?

अब ग्रन्थ गलत कि जीवन गलत
रोजाइ गलत कि भोगाइ गलत
दुबिधाको बिधाले निश्चित गर्यो
पढेर मैले गल्ती गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर