अनागरिक बनेर सिंहदरबारबाट निस्किएका रविको प्रशंसा गरे सिके राउतले, भने #कमब्याकहिरो — OSNepal

अनागरिक बनेर सिंहदरबारबाट निस्किएका रविको प्रशंसा गरे सिके राउतले, भने #कमब्याकहिरो

LC (KTM) January 27, 2023 0

काठमाडौं, १३ माघ : जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछाने आफ्नो लागि आशाको केन्द्र रहेको टिप्पणी गरेका छन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर गर्दै सर्वोच्च अदालतले लामिछानेको मन्त्रीसहित सांसद र पार्टीको अध्यक्ष पद गुमेको छ ।

अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो ।

बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर