भक्तपुरमा एटीएम फोड्न खोज्ने राजन मल्ल पक्राउ — OSNepal

भक्तपुरमा एटीएम फोड्न खोज्ने राजन मल्ल पक्राउ

LC (KTM) January 27, 2023 0

भक्तपुर, १३ माघ – प्रहरीले एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई शुक्रबार पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नम्बर ३ ठकुरी गाउँं झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन् ।

उनले माघ ११ गते बुधबार राति नौ बजे एटीएमभित्र प्रवेश गरी मेशिन फुटाउन खोजेको र ९:२५ मिनेटमा असफल भई छाडी आएको देखिएकोले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले बताए ।

हाल मुक्तिनाथ विकास बैंकको गार्ड उनी सेक्युरिटी गार्ड गोर्खा योद्धा धम्बाराहीका रहेको जनाइएको छ । उनी २०६१ सालमा भर्ना भएका सशश्त्र प्रहरीको पूर्वकर्मचारीसमेत रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर