चर्चित क्रिकेटर महेन्द्र सिंह धोनीको नयाँ इनिङ्स , फ्यानलाई दिए ठुलै सरप्राइज — OSNepal

चर्चित क्रिकेटर महेन्द्र सिंह धोनीको नयाँ इनिङ्स , फ्यानलाई दिए ठुलै सरप्राइज

LC (KTM) January 27, 2023 0

भारतीय टोलीका पूर्व कप्तान तथा क्याप्टेन कूलको नामले चर्चित महेन्द्र सिंह धोनीले क्रिकेटमा निकै नाम कमाइसकेका छन् । धोनीलाई विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छ । धोनीको करियरमा भारतले धेरै खेल जितेको छ । धोनीले केही वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर आज पनि उनको लोकप्रियतामा कुनै कमी आएको छैन ।

योसँगै उनी क्रिकेटपछि अब नयाँ इनिङ्स सुरु गर्ने तयारीमा छन् । हालै उनले ट्विट गर्दै फ्यानहरुलाई ठूलो सरप्राइज दिएका छन् । धोनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । हालै उनले आफ्नो आधिकारिक ट्वीटरबाट एक पोस्ट सेयर गरेका छन् । उनले आफ्ना फ्यानहरुलाई ठूलो सरप्राइज दिएका छन् । यस ट्वीटमार्फत एमएस धोनीले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् । उनले आफ्नो पहिलो मोशन पोस्टर पनि सेयर गरेका छन् ।

मिनी बस, सडक, जंगल, समुद्र सबै कुरा यस मोशन पोस्टमा देख्न सकिन्छ। उनले एलजीएम पनि लेखेका छन् । यस एलजीएमको पुरा रुप लेट्स गेट म्यारिड हो । अर्थात् धोनीको पहिलो फिल्मको नाम ‘लेट्स गेट म्यारिड’ हो । यो चलचित्रमा उनी निर्माताको रुपमा काम गर्दैछन् । मोसन पोस्टर हेर्दा यो फिल्म रोड ट्रिपमा आधारित रहेको देखिन्छ । यसलाई रोमान्टिक ड्रामा भनिएको छ ।

धोनीले मनोरञ्जन उद्योगमा डेब्यू गर्नका लागि यो तमिल फिल्म रोजेका हुन् । धोनी इन्टरटेनमेन्ट प्रालिले आफ्नो डेब्यू हिन्दी फिल्मको मोसन पोस्टर सेयर गरेको छ । एमएस धोनीले निर्माण गरेको यस फिल्ममा तमिल फिल्मका सुपरस्टार हरिश कल्याण, इवाना, नादिया र योगी बाबुले मुख्य भूमिका निर्वाह गरेका छन्। यो चलचित्रलाई रमेश थमिलमणिले निर्देशन गरेका हुन् । योसँगै सामाजिक सञ्जालमा धेरै फ्यानहरूले एमएस धोनीको डेब्यु फिल्मको पोस्टरको तारिफ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर