डोलप्रसाद राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापति — OSNepal

डोलप्रसाद राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापति

LC (KTM) January 27, 2023 0

सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक बैठक डाकेको थियो । उक्त आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापति बनाएको छ । अब अर्यालले पार्टी सम्हाल्ने छन् । अर्याल हाल पार्टीमा उपसभापति रहेका छन् ।

अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् । त्यस्तै आजको आकस्मिक बैठकमा कानूनी प्रक्रिया पूरा गरेर रविलाई पार्टी सभापतिमा फर्काउने विषयमा पनि छलफल भएको प्रवक्ता डा मुकुल ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर