रवि लामिछानेलाई कमब्याक हिरोको ह्यासट्याग दिदै सिके राउतले भने -सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो — OSNepal

रवि लामिछानेलाई कमब्याक हिरोको ह्यासट्याग दिदै सिके राउतले भने -सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो

LC (KTM) January 27, 2023 0

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेको सवालमा सर्वाेच्च अदालतले गरेको निर्णय पछि जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछानेलाई हिरोको रुपमा चित्रित गरेका छन् । उनले रविको खुलेरै प्रशंसा गरेका छन् ।

सर्वोच्च अदालतले उनको सांसद पद बदर गर्ने फैसला गरेपछि राउतले रविको प्रशंसा गर्दै रवि लामिछानेलाई कमब्याक हिरो भनेका छन् । उनले रवि आफ्नो लागि आशाको केन्द्र समेत भएको बताएका छन् ।

उनले लेखेका छन् प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन नहोस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो । बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।’ उनले ‘कमब्याक हिरो’ भनेर ह्यासट्याग प्रयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर