अवार्ड जितेपछि आसिफ शेखले भने - म खुशी छु , सन्दीपले पनि रनआउट नगर भनेर सल्लाह दिएका थिए — OSNepal

अवार्ड जितेपछि आसिफ शेखले भने – म खुशी छु , सन्दीपले पनि रनआउट नगर भनेर सल्लाह दिएका थिए

LC (KTM) January 28, 2023 0

खेल भावना देखाएको भन्दै नेपाली क्रिकेट टोलीका विकेटकिपर तथा ब्याटर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले प्रदान गर्ने अर्वाड जित्न सफल भए । यो अर्वाड पाउँदा आफुलाई एकदमै गर्व लागेको उनले प्रतिक्रिया दिएका छन् ।

गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाको कारण आसिफले हिजो स्पिरिट अफ क्रिकेट अवार्ड जित्न सफल भएका थिए । अवार्ड जित्न पाउँदा एकदमै गर्वको अनुभव भईरहेको उनको भनाई थियो ।

राष्ट्रको प्रतिनिधित्व गरेर यो सम्मान लिन पाउँदा आफु मात्र नभई पूरा नेपालले गर्व गरिरहेको आसिफले बताए । उनले भने देशको प्रतिनिधित्व गरेर राम्रो गर्ने मौका पाए । आगामी दिनमा समेत यस्ता अवसरलाई पनि सदुपयोग गरिरहने छु ।आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा लड्न पुगेपछि रन आउट गरेका थिएनन् ।

जुन खेल भावना यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा पाएको क्षण थियो । उनले आफुलाई सन्दीप लामिछानेले रन आउट नगर भनेर सल्लाह समेत दिएको खुलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर