राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको समय तालिका सार्वजनिक — OSNepal

राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको समय तालिका सार्वजनिक

LC (KTM) January 28, 2023 0

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परिक्षा चैत १७ देखि २९ गतेसम्म हुने भएको छ ।

बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गर्दै परीक्षा चैत १७ गतेबाट सञ्चालन हुने एसइईको परीक्षा तालिका शनिबार सार्वजनिक गरेको छ ।

शनिबार सार्वजनिक तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने बोर्डले जनाएको छ ।

सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । त्यस्तै १८ गते शनिबार भएका कारण परिक्षा हुने छैन भने दोस्रो दिन अर्थात चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने तालिकामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर