मोजाम्बिकमा वर्षाका कारण ७५ भन्दा बढी व्यक्तिको ज्यान गयो — OSNepal

मोजाम्बिकमा वर्षाका कारण ७५ भन्दा बढी व्यक्तिको ज्यान गयो

LC (KTM) January 28, 2023 0

मापुटो-मोजाम्बिकमा गत अक्टोबरदेखि सुरु भएको वर्षायाममा देखिएका मौसमी घटना र प्राकृतिक प्रकोपका कारण करिब ७५ जनाको ज्यान गएको स्थानीय दैनिक पत्रिका जर्नल नोटिसियाले शुक्रबार उल्लेख गरेको छ । देशको विपद् जोखिम व्यवस्थापन र न्यूनीकरण संस्थानको तथ्याङ्कलाई उद्धृत गर्दै प्रतिवेदनका अनुसार सबैभन्दा बढी मृत्यु मनिका र जाम्बेजियाको केन्द्रीय प्रान्तमा दर्ता भएको थियो ।

“वर्षा र तीव्र हावा, चट्याङ र जङ्गलमा लागेको डढेलाका कारण ९० जना घाइते भएका छन् र चार हजार एक सय १९ घर पूर्णरूपमा ध्वस्त भएका छन् भने अन्य तीन हजार तीना सय ५६ घर जलमग्न भएका छन्,” प्रतिवेदनमा उल्लेख छ ।अक्टोबरदेखि हालको सातासम्म मौसमी घटनाले ५६ हजार नौ सय ३० विद्यार्थी र नौ सय ४० शिक्षकका साथै देशभरका एक हजार नौ सय १७ किलोमिटर सडकलाई पनि असर गरेको प्रतिवेदनले जनाएको छ ।

जलवायु परिवर्तनबाट सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये यो देश पनि प्रमुख हो । मोजाम्बिक हाल वर्षा र चक्रवात मौसम (सन् २०२२–२०२३) को बीचमा छ ।यहाँ हिन्द महासागरबाट उष्णकटिबन्धीय चक्रवातहरू र दक्षिणी अफ्रिकाको हाइड्रोग्राफिक बेसिनहरूमा हुने बाढीबाट यहाँ विशेष खतरा छ ।मोजाम्बिकमा गत वर्षाको मौसममा आएको प्राकृतिक प्रकोप, उष्णकटिबन्धीय चक्रवात गोम्बेका कारण एक सय ४२ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर