रवीन्द्र मिश्रले भने - रवि अनागरिक होइनन्, नागरिकता प्राप्त गर्न योग्य नागरिक हुन् — OSNepal

रवीन्द्र मिश्रले भने – रवि अनागरिक होइनन्, नागरिकता प्राप्त गर्न योग्य नागरिक हुन्

LC (KTM) January 28, 2023 0

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली नागरिक भएको बताएका छन्। आज सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेदै उनले यस्तो बताउका हुन् ।

धेरैले लामिछाने अनागरिक र राज्य विहीन भएको टिप्पणी गरेपछि मिश्रले लामिछाने नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक भएको बताएका हुन्।

उनले लेखेका छन नेपालको संविधान, पृष्ठ ४ मा नेपालको नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्। लेखिएको छ। उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन्। तसर्थ उनी अनागरिकरराज्य विहीन होइनन्,’ ।

शुक्रबार सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिनुपर्ने प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले लामिछानेको सांसद पद खारेज गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर