किसानका उत्पादन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म — OSNepal

किसानका उत्पादन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म

LC (KTM) January 28, 2023 0

काठमाडौं, १४ माघ – किसान पाइप प्रोडक्स प्रालिले आफना उत्पादन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म पुग्न सफल भएका बताएका छन् । शनिबार राजधानीमा भाएको १३औं साधारणसभाका सभापति एवम् कम्पनीका अध्यक्ष विष्णुप्रसाद पाण्डेले लामो समयदेखि निर्माण क्षेत्रमा व्यवसाय गर्दै आएको हुनाले आफनो कम्पनीले गुणस्तरीय निर्माण सामाग्रीमात्रै उत्पादन गर्ने गरेको र यही कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सामानको माग उच्च रहेको दावी गरे । यही कारणले व्यापार व्यवसाय राम्रो रुपमा चलिरहेको उनले सुनाए ।

‘हामी मूल्यमा होइन, गुणस्तरमा केन्द्रित छौं’, उनले भने । आजको दिनसम्म आइपुग्दा घर, उद्योग, हाउजिङ, कर्मसिएल बिल्डिङलगायत सम्पूर्ण क्षेत्रमा प्रयोग हुने पाइप र फिटिंग्स दिन सफल भएको उनको भनाइ छ । ‘हामी गुणस्तरमा विशेष फोकस गरिरहेका छौं । हाम्रो उद्देश्य ग्राहकलाई क्वालिटी प्रोडक्ट दिनु हो, उनले थपे ।

१२ वर्ष अगाडि नवलपरासीको वर्दघाटमा ट्यांकी फ्याक्टी र पाइप उत्पादनबाट सुरु गरेको यो कम्पनीले अहिले फिटिंग युपीभीसी, एचडीभी, पीभीसी रातो माल्डो ट्यांक, व्लो ट्यांक, बोरिङ्ग पाइपलगायतमा विस्तार भएको छ ।

कम्पनीका म्यानेजिंग डाइरेक्टर अजय पाण्डेले कम्पनीले जापनिज ब्राण्डसँंग टाईअप गरेर अगाडि वढेको जानकारी गराए । उनले यही कारण उल्लेखनीय प्रगति भएको खुशी पनि साटे ।

कम्पनीका निर्देशक भीम पौडेलले अहिलेको नाजुक अवस्थामा पनि कम्पनीको गुणस्तरीय उत्पादन गरेर राम्रो बजार भएको बताए । यही कारण कम्पनीमा थप पुँंजी लगानी गरी देशकै नमूना उद्योग बनाउनुपर्नमा उनलले जोड दिए ।

कम्पनीका निर्देशक शिव मानन्धरले आफू निर्माण सामाग्री विक्रेता पनि भएकोले कुन प्रोडक्ट गुणस्तरीय छ र कुन गुणस्तरीय छैन राम्रो ज्ञान भएको र गुणस्तीय उत्पादनकै कारण  आफूले किसान प्रोडक्ट विक्री गर्दै आएको जनाए । उपभोक्ताले अत्यन्त गुणस्तरको कारणले यसका उत्पादनहरु मन पराएको उनको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर