कञ्चनपुरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते — OSNepal

कञ्चनपुरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

LC (KTM) January 28, 2023 0

धनगढी, १४ माघ – कञ्चनपुरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिका–५ सिम्रीमा धनगढी–बेलौरी हुलाकी सडक खण्डमा म१ह ८२४ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु र अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ घर भएका २१ वर्षीय सरोज रिमालको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका रिमालको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटोमा सवार रामेछापको मन्थली नगरपालिका–११ का १८ वर्षीया सबिना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका–४ का २२ वर्षीय सुशील बुढाथोकी घाइते भएका छन् । उनीहरूको पनि धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको हो । चालक धनगढी उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय रमेश देवकोटा र अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर