अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया आज काठमाडौं आउदै, प्रचण्ड सहितका नेतालाई भेट गर्ने — OSNepal

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया आज काठमाडौं आउदै, प्रचण्ड सहितका नेतालाई भेट गर्ने

LC (KTM) January 29, 2023 0

काठमाडौं – अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज काठमाडौं आउँदैछिन् । उनी दुई दिन काठमाडोंमा रहने बताइएको छछ । भेटमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्ने बताइएको छ ।

केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँगको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी गराएका थिए। नयाँ गठबन्धनको सरकार बनेपछि उनको यो पहिलो काठमाडौं भ्रमण हो।

नुल्याण्डले अमेरिकाका तीन राष्ट्रपतिहरूसँग निकट रहेर काम गरेकी छिन्। ३३ वर्ष विदेश सेवामा बिताइसकेकी उनीसँग लामो कूटनीतिक अनुभव रहेको छ । उनको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर