सोसिडाडसँग बराबरीमा रोकियो रियल — OSNepal

सोसिडाडसँग बराबरीमा रोकियो रियल

LC (KTM) January 30, 2023 0

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियलले रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेको हो ।

रियल ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।शीर्ष स्थानको बार्सिलोनाको ४७ अंक रहेको छ ।घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा रियलले अंक तालिकामा शीर्ष स्थानको बार्सिलोनासँग अंक छोट्याउने मौका गुमायो।

यता रियललाई बराबरीमा रोकेको सोसिडाड एक खेल बढी खेल्दै ३९ अंक जोडेर तेस्रो स्थानमा छ।उसले चौथो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई ५ अंकले पछि पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर