उपाधि दाबेदार एसी मिलान सासोउलोसँग फराकिलो गोलअन्तरले पराजित — OSNepal

उपाधि दाबेदार एसी मिलान सासोउलोसँग फराकिलो गोलअन्तरले पराजित

LC (KTM) January 30, 2023 0

काठमाडौं -दाबेदार एसी मिलानले फराकिलो हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा मिलानले सासोउलोसँग ५-२ गोल अन्तरले पराजित भएको हो । खेलको १९ औं मिनेटमा ग्रेगोइरे डेफ्रेलले गोल गर्दै सासोउलोलाई अग्रता दिलाएका थिए ।डाभिड फ्राटेस्सीले गोल गर्दै २१ औं मिनेटमा २-० ले अघि रह्यो ।

खेलको २४ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै मिलानलाई २-१ को स्थितिमा ल्याए । बेरार्डीले गोल गर्दै सासोउलोलाई ३-१ को अग्रता दिलाए ।

खेलको ४७ औं मिनेटमा अर्मान्डले पेनाल्टीबाट गोल गर्दै सासोउलोलाई ४(१ को अग्रता दिलाए ।७९ औं मिनेटमा माथुएस लाउरिन्टेले गोल गरेपछि सासोउलो ५-१ ले अघि रह्यो । ८१ औं मिनेटमा डिभोक ओरिगीले गोल गरेपनि मिलान ५-२ ले पराजित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर