पहिलो पटक भएको १९ वर्षमुनिको महिला टी–२० विश्व कपको उपाधि भारतले जित्यो — OSNepal

पहिलो पटक भएको १९ वर्षमुनिको महिला टी–२० विश्व कपको उपाधि भारतले जित्यो

LC (KTM) January 30, 2023 0

काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप क्रिकेटको उपाधि भारतले हात पार्न सफल भएको छ । इङ्ल्यान्डलाई सात विकेटले हराउँदै भारतले उपाधि हात पार्न सफल भएको हो ।

दक्षिण अफ्रिकामा भएको फाइनल खेलमा इङ्ल्यान्डले दिएको ६९ रनको सामान्य लक्ष्य भारतले छ ओभर बाँकी छँदै तीन विकेट गुमाएर भेटायो । भारतका लागि सौम्या तिवारी र गङ्गोदी तृशाले समान २४ रन बनाए ।

इङ्गल्यान्डकी हाना बेकर, ग्रेस स्क्रिभेन्स र एलेक्सा स्टोनहाउसले एकरएक विकेट लिए ।भारतकी तितास साधु, अर्चना देवी र पर्शभी चोप्राले २र२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्ड १७ ओभर १ बलमा ६८ रन बनाउँदा अलआउट भउको हो । १९ वर्षमुनिको महिला टी–२० विश्व कप क्रिकेट पहिलो पटक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर