महराले भने -गृहमन्त्री कसलाई बनाउने अधिकार प्रधानमन्त्रीको, प्रधानमन्त्रीकोे जवाफ - बनेपछि थाहा पाउनुहुन्छ — OSNepal

महराले भने -गृहमन्त्री कसलाई बनाउने अधिकार प्रधानमन्त्रीको, प्रधानमन्त्रीकोे जवाफ – बनेपछि थाहा पाउनुहुन्छ

LC (KTM) January 30, 2023 0

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने प्रधानमन्त्रीको अधिकारको कुरा रहेको बताएका छन् । सोमबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

‘गृहमन्त्रीको विषयमा प्रवेश नै नगरेको र यो ‘गृहमन्त्री को हुन्छ, को हुन्न भन्ने कुरा (प्रधानमन्त्री०) ले टुंगो लगाउने कुरा हो । यो पार्टीले टुंग्याउने कुरा होइन उनले भने ’ । बैठकबाट निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गर्दा प्रधानमन्त्री दाहालले जवाफ दिए- बनेपछि थाहा पाउनुहुन्छ। प्रधानमन्त्री दाहालले यसबाहेक थप विषयमा कुराकानी गरेनन्।

मओबादी नै गृहमन्त्रालय राख्न खोजेको बताइएको छ । रवि लामिछानेले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रचण्ड स्वयंले सम्हालिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय दाबी गरिरहेको छ। पुनः नागरिकता प्राप्त गरेसँगै लामिछाने गृह मन्त्रालयमा दोहोरिन चाहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर