अर्घाखाँचीमा करेन्ट लागेर रोशन शाहको मृत्यु, परिवारमा रुवाबासी — OSNepal

अर्घाखाँचीमा करेन्ट लागेर रोशन शाहको मृत्यु, परिवारमा रुवाबासी

LC (KTM) January 30, 2023 0

सन्धिखर्क, १६ माघ-अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-९ ढिकुरामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । 

ढिकुराको भुजेलपानीमा विद्युत मर्मत गर्ने क्रममा सन्धिखर्क नगरपालिका-७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि अर्घाखाँची जिल्ला अस्पतालमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर