क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फिर्ता लिने क्यानको तयारी — OSNepal

क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फिर्ता लिने क्यानको तयारी

LC (KTM) January 30, 2023 0

नेपाल क्रिकेट संघ क्यानको भोलि बस्ने बैठकले क्रिकेटर सन्दीप लामिछानेको बिषयमा महत्वपुर्ण निर्णय गर्न लागेको छ । क्यानले भोली पोखरामा बस्ने बैठकमा निलम्बन फिर्ता गर्ने तयारी गरेको छ । मंगलबार पोखरामा बस्ने क्यानको कार्यसमिति बैठकमा लामिछानेको निलम्बनका बिषयमा यो निर्णय आउने पक्का रहेको स्रोतले जनाएको छ ।

यद्यपि क्यान बैठकका एजेण्डा भने अहिले सार्वजनिक भएका छैनन् । तर क्यानका एक सदस्यले नै दिएको जानकारी अनुसार लामिछानेलाई टिममा फर्काउनेबारे निर्णय हुनसक्ने छ । यस्तै बैठकमा नेपाल टी–२० लिगको समीक्षा र नेपालमा प्रस्तावित एसियन प्रिमियर कपबारे पनि छलफल हुने छ । कार्यसमितिका करिब ४० प्रतिशतले नेतृत्वको राजीनामा मागेको दुई दिनपछि बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर