आशाराम बापु आफ्नै आश्रममा काम गर्ने दुई दिदीबहिनीको बलात्कार मुद्दामा दोषी ठहर, भोली सजाय तोकिदै — OSNepal

आशाराम बापु आफ्नै आश्रममा काम गर्ने दुई दिदीबहिनीको बलात्कार मुद्दामा दोषी ठहर, भोली सजाय तोकिदै

LC (KTM) January 30, 2023 0

गुजरातको गान्धीनगर अदालतले सोमबार ३० जनवरी अर्थात आज आसाराम बापुलाई एक महिला अनुयायीको बलात्कारको मुद्दामा दोषी ठहर गरेको छ। गान्धीनगर सत्र अदालतले आसाराम बापुलाई २०१३ मा सुरतका दुई दिदीबहिनीको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। यस मामिलामा आसारामका छोरा नारायण साई पनि आरोपी थिए।

आसारामकी पत्नी लक्ष्मी, छोरी भारती र चार महिला अनुयायीहरू  ध्रुवबेन, निर्मला, जस्सी र मीरालाई पनि मुद्दामा आरोपीको रूपमा नाम दिइएको थियो। ती सबैलाई गान्धीनगर अदालतले सफाइ दिएको थियो। आसाराम हाल जोधपुर जेलमा छन् । आसारामलाई भोलि सजाय सुनाइनेछ । सन् २०१३ मा सुरतका दुई दिदीबहिनीले नारायण साई र उनका बुबा आसारामविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन् ।

सन् २००२ देखि २००५ सम्म नारायण साईले आफूलाई पटक–पटक बलात्कार गरेको उजुरीमा कान्छी बहिनीले बताएकी छन् । युवतीका अनुसार सुरतमा आसारामको आश्रममा बस्दा बलात्कृत भएको थियो । अर्कोतर्फ जेठी बहिनीले उजुरीमा आसाराममाथि बलात्कारको आरोप लगाएकी थिइन् । आसारामले अहमदाबादको आश्रममा आफूलाई पटकपटक बलात्कार गरेको पीडितले बताइन् ।

दुवै दिदीबहिनीले बाबु छोराविरुद्ध छुट्टाछुट्टै उजुरी दिएका छन् । आसाराम बापु हाल जोधपुरको जेलमा छन् । २०१८ मा, जोधपुर अदालतले उनलाई अलग यौन दुर्व्यवहारको मुद्दामा आजीवन कारावासको सजाय सुनाएको थियो। उनी सन् २०१३ मा जोधपुरको आश्रममा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दोषी ठहर भएका थिए ।

जेलमा रहेका आसाराम बापुले हालै अदालतमा जमानत मागेका थिए । जमानत आवेदनमा आसारामले आफू विगत १० वर्षदेखि जेलमा रहेको बताएका थिए । उनको उमेर ८० वर्षभन्दा बढी छ । उनी गम्भीर रोगबाट पीडित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर