सिरहाको सखुवानन्कारकट्टीमा उद्यान निर्माण गरिँदै — OSNepal

सिरहाको सखुवानन्कारकट्टीमा उद्यान निर्माण गरिँदै

LC (KTM) February 01, 2023 0

सिरहा-सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीमा महेशबारी टुरिज्म एण्ड सिमसार उद्यान निर्माण गर्न थालिएको छ । राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा रु तीन करोड नौ लाख ६० हजारको लागतमा उक्त उद्यान निर्माण गर्न लागिएको हो ।

गाउँपालिकाका अध्यक्ष केदानाथ यादवले सिमसार क्षेत्र संरक्षण गर्ने उद्देश्यका साथ उद्यान निर्माण गर्न लागिएको बताउनुभयो । गाउँपालिकाको मातहतमा रहेको करिब १४ कठ्ठा क्षेत्रफलमा उद्यानका विभिन्न संरचना निर्माण गर्न लागिएको छ ।

उद्यान बनेपछि गाउँमा रौनकता थप्ने र आर्थिक गतिविधि बढ्ने स्थानीय नागेन्द्र यादवले बताउनुभयो । यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उद्यान निर्माण भइरहेको छ । “निर्माणपछि आन्तरिक पर्यटकको चहलपहल बढ्ने आशा गरेका छौँ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर