नेपाल आयल निगम फेरी घाटामा, भारतबाट बढेर आयो इन्धनको मूल्य — OSNepal

नेपाल आयल निगम फेरी घाटामा, भारतबाट बढेर आयो इन्धनको मूल्य

LC (KTM) February 01, 2023 0

काठमाडौँ – इन्धनको मूल्य फेरी भारतबाट बढेर आएको छ । निगम स्रोतले जनाए अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको हो ।

भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगम फेरि घाटामा गएको छ । स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । गत ४ महिनासम्म निगम नाफामा रहँदै आएको थियो । अब भाउ बढेसँगै फेरी घाटामा गउको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर