सुजिता प्रकरणमा प्रहरीले समेत गर्न नसकेको काम गरेर देखाए यि युवकले — OSNepal

सुजिता प्रकरणमा प्रहरीले समेत गर्न नसकेको काम गरेर देखाए यि युवकले

LC (KTM) July 07, 2021 0

चितवनमा हराएको ९ दिन पछि हराएकी सुजिता भण्डारीको शव च्याउ खोज्न जंगल गएकाहरुले पहिलो पटक देखेका थिए । एक जना सिताराम चेपाङले सुजिताको शव देखेका थिए । उनी फलफूल ब्यापारी पनि हुन् । आँप बेचेर सकेपछि अब च्याउ खोज्नु जाुनपर्यो भनेर जंगल आएको थिए । जंगलमा च्याउ खोज्दै थिए । दिउसोको त्यस्तै ४ वजेको थियो होला ।

म च्याउ खोज्दै थिएँ गन्ध आयो, के रहेछ भनेर सोचेँ । पछि नजिक आएर हेर्दा टाउको देखेँ पछि घुमेर अर्को तिरवाट हेदा पुरै शरिर देखे । पछि म छिमेकी सोमबहादुर दाईलाई गएर सबै कुरा सुनाएँ । उनले भने, दाईले अरु सबैलाई खबर गरिदिनुभयो प्रहरी आएर यहाँ हेर्दा करिब रातीको १० वजेको थियो ।

उनी च्याउ खोज्न एक्लै गएका थिए । घरवाट १५ मिनेटको दुरीमा पर्ने ठाउँमा उनी च्याउ खोज्न गएको बताएका छन् । झाडीमा अ ड्कि एको अवस्थामा उनले देखेका थिए । च्याउ खोज्दा गन्ध आएपछि थाहा पाएको हुँ, उनले भने के जनावर मरेछ भनेर हेर्न जाँदा मान्छे देखेपछि म दौडेर गएर दाईलाई सुनाएँ । चितवनकी सुजिता भण्डारी हराएको ९ दिन पछि मृ त फेला परेकी थिइन् ।

उनको घटनाको यथार्थ छानविन माग गर्दै स्थानिय र आफन्तले आन्दोलन जारी राखेका छन् । अवस्था विग्रन नदिन उनको घर आसपासको क्षेत्रमा स्थानिय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु बुधवार साँझ सम्मका लागि लगाइएको छ । उनको ह’ त्या हो वा आ’ त्म’ह’ त्या त्यो खुल्न सकेको छैन । काठमाडौ स्थित शिक्षण अस्पतालमा उनको पो ष्टमा र्टम पनि गरिएको छ । त्यसवाट पनि वास्तविकता खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर