५ वर्षका अंशले जन्मदिनमा अनाथ बालबालिकाहरुलाई गरे ११ हजार १ सय ११ रुपैयाँ सहयोग — OSNepal

५ वर्षका अंशले जन्मदिनमा अनाथ बालबालिकाहरुलाई गरे ११ हजार १ सय ११ रुपैयाँ सहयोग

LC (KTM) February 02, 2023 0

काठमाडौँ । न्युजील्याण्डमा रहेका नेपाली मुलका अंश अधिकारीले जन्मदिनको अवसरमा अनाथ आश्रमलाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

आजबाट ५ वर्षमा लागेका अंशले काठमाडौँमा रहेको पवित्र समाज सेवा नेपालमा रहेका अनाथ बालबालिकाहरुका लागि भनेर आफु जन्मेको दिनको अवसरमा उक्त रकम सहयोग गरेको अंशका बाबु डाक्टर रमिल अधिकारीले जानकारी दिए ।

न्युजील्याण्डमा नै जन्मिएका अंश आजबाट नै औपचारिक रुपमा नयाँ प्रवेश्य तहमा सेन्ट जोसेफ अपरहटमा स्कुल सुरु गर्दैछन् । उनले आफ्नो जन्मदिन स्कुलमा साधारण तरिकाले केक मात्रै काटेर मनाउने र पार्टी नगर्ने अंशका बाबु डा अधिकारी बताउँछन् ।

अंशले न्युजील्याण्डबाट पठाएको उक्त रकम बुझ्दै पवित्र समाज सेवा नेपालकी अध्यक्ष दिक्षा चापागाईले ५ वर्षको बाबुले आफ्नै समान उमेरका बाबु आमा नभएका बालबालिकाका लागि गरेको यो सहयोग स्राहनिय भएको बताइन् ।

त्यस्तै काठमाडौँमा रहेकी अंशकी हजुरआमा शारदादेवी अधिकारीले उनलाई आर्शिवाद दिँदै जन्मदिनको दिन चालेको यो कदमको प्रशंसा गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर