सुनको भाउ अहिलेसम्मकै उच्च, बनायो नयाँ रेकर्ड — OSNepal

सुनको भाउ अहिलेसम्मकै उच्च, बनायो नयाँ रेकर्ड

LC (KTM) February 02, 2023 0

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुनको मूल्य तोलामा १ हजार २ सयले बढेर १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज भने बढको हो । तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार रुपैयाँ निर्धारण भएको छ।

सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर