कलाकार रबिन्द्र खड्का द्वारा पुन: कलाकार संघमा अध्यक्षको दाबि — OSNepal

कलाकार रबिन्द्र खड्का द्वारा पुन: कलाकार संघमा अध्यक्षको दाबि

LC (KTM) February 03, 2023 0

काठमाडौं : २०७९ चैत्र ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा बर्तमान अध्यक्ष रबिन्द्र खड्काले पुन अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरेका छन्। उनले सामाजिक संजाल फेसबुक मार्फत पुन: अध्यक्ष पदमा उम्मेद्वारी दिने औचित्य प्रस्टायका छन्। संघको विकास र चलचित्र क्षेत्रमा बिद्यमान बेथिती कम गर्दै समग्र नेपाली चलचित्रलाई माथी उठाउने उद्देश्य राखेर नेतृत्वमा पुगेका रबिन्द्र खड्का कोभिड-१९ को कारणले भने जति कार्य गर्न असमर्थ रहेकोले पनि आफ्नो कार्यकालमा सुरु भएको महत्वपुर्ण कार्यहरु पुरा गर्न फेरि एक पल्ट अध्यक्ष पदमा आफुलाई जिताउन आग्रह गरेका छन्।

नेपाल चलचित्र कलाकार संघ स्थापना कालदेखि नै कलाकारकहरुको उत्थान, हित र चलचित्रको प्रबर्धनमा क्रियाशिल रही आएको र आफ्नोनै कार्यकालमा संघको आफ्नै भवन निर्माण गर्न सफल भएको र अझ संघको भवनको ब्यबस्थापन गर्न बाकि र अन्तराष्ट्रिय क्षेत्रमा मेरोनै कार्यकालमा खोलिएको शाखाहरुलाई सक्रिय बनाउन समेत उम्मेद्वारी अपरिहार्य रहेको बरिष्ठ नायक रबिन्द्र खड्का बताउछन।

कोभिड –१९ कोरोनाको महामारी प्रारम्भ भए देखि सबै क्षेत्र जस्तै चलचित्र क्षेत्र पनि ठप्प भएको अबस्थामा लक डाउनको अवधिमा विभिन्न श्रोतबाट विभिन्न समस्या ग्रस्त कलाकारहरुलाई राहत उपलब्ध गराउने देखि हरेक कलाकारहरुको उत्थानमा आवाज उठाउदैं सम्पूर्ण कलाकारहरुको दुख पिडा र समस्यामा विभिन्न श्रोत साधन जुटाएर सहयोग गर्दै आएको सर्बबिधितै छ। उनि भन्छन कलाकार संघलाइ अघि बढाउन फेरि पनि एक कार्यकाल अपरिहार्य रहेको हुँदा सम्पूर्ण चलचित्र कलाकारहरुलाई आगामी निर्बाचनमा सहयोग गरि मत दिन अनुरोध गरेका छन्।

स्मरण रहोस : चैत्र ४ गते हुन लागेको संघको निर्वाचनमा सम्पूर्ण चलचित्रकर्मीलाई एकताबद्द गराइ सर्वसम्मत रूपमा अध्यक्ष तथा कार्यसमिति चयन गरियोस् भनेर त्यसका लागि बर्तमान अध्यक्ष रवीन्द्र खड्काले आफू बाहेकका अध्यक्ष पदमा घोषणा गरेका उम्मेदवारहरुलाई सरसल्लाह गरेर सर्बसम्मत अध्यक्ष चयन गर्न सकिन्छकि भनेर अग्रज, बिशिष्ठ, सल्लाहकार, उम्मेद्वारहरु लगायत सम्पूर्ण चलचित्र कलाकारहरु संग छलफल र सल्लाह गर्दा समेत सर्बसम्मतको प्रयास गर्दा समेत कुनै अन्य व्यक्ति चयन हुन नसकेको कारण संघलाइ अघि बढाउन सबैको सल्लाह सुझाब अनुसार संघको हितमा पुन: उम्मेद्वारी घोषणा गरेको खड्का बताउछन। अझपनि सर्बसम्मत हुन सके आफु उम्मेद्वारी नबन्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर