गायक तथा सर्जक प्रकाश ढकालको नयाँ गीत करको भिडियो हेर्नुहोस् — OSNepal

गायक तथा सर्जक प्रकाश ढकालको नयाँ गीत करको भिडियो हेर्नुहोस्

LC (KTM) February 04, 2023 0

काठमाडौँ – वर्तमान राजनीतिक बेथिती र बिसङ्गतीमाथी प्रहार गर्दै गायक तथा सर्जक प्रकाश ढकालको नयाँ गित कर सार्वजानिक भएको छ ।

राकेश सोनीको संगित संयोजन र श्यामश्वेत रसाईलीको ध्वनी मिश्रण रहेको गितलाई गायक ढकाल स्वयमले सृजना गरी संगित भरेका छन । कर गितमा गायकलाई बिन्दु बिसी र रोश्नी रसाईलीले समुह स्वरमा साथ दिएका छन भने गितको भिडियो अर्जुन लोहारको छायाकंन र रमेश बि।क।रसार्ईलीको सम्पादनमा तयार भएको हो ।

प्रकाश ढकालको अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गितको भिडियोलाई गायक ढकालले नै निर्देशन गरेका छन ।

जनताले हरेक पाईला पाईलामा कर तिर्नुपर्ने,युवाले देश छाडेर विदेशीनुपर्ने,जनताको करमा नेता र ठुलाबडाले रजाईं गर्ने, संघियता खारेज गरीनुपर्ने,भ्रष्ट नेताको सम्पत्ति छानबिन गरीनुपर्ने जस्ता भाव समेटएिको गितबाट गायक ढकालले जनताका पिडा पोख्दै तमाम समस्या समाधानका लागि तत्काल कद्म चाल्नुपर्ने माग राखेका छन ।

ढकालका यसअघि के गर्छौ राजनीति,बैमानी मोया,खाम कि नखाम मोयाको जुठो जस्ता थुप्रै गित चर्चित छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर