यिनै हुन ८२ करोडको चिठ्ठा जित्ने नेपाली युवा रञ्जित - भने यो पैसा बोकर नेपाल जान्छु — OSNepal

यिनै हुन ८२ करोडको चिठ्ठा जित्ने नेपाली युवा रञ्जित – भने यो पैसा बोकर नेपाल जान्छु

LC (KTM) February 05, 2023 0

काठमाडौं- कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा ८२ करोड नेपाली रुपैयाँ जितेका छन्।

२३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका उनले पाँच र १० वर्षका दुई छोराका बुबा पाल बिग टिकटका प्रतिनिधिबाट यो अप्रत्याशित चिठ्ठा परेको खबर सुनेर निकै खुसी भएका छन् ।

विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले ८२ करोडको चिठ्ठा जितेपछि खुशकिो सीमा नरहेको बताउका छन् । ‘म अत्यन्तै खुसी भएको छु। मै जितेको यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्नेछु’, उनले भने।

ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भारतीय नागरिकले जितेका थिए। दोस्रो, तेस्रो र चौथो पुरस्कार विजेता विजेश विश्वनाथनले १ मिलियन दिराम, यस्तै शिबु म्याथ्यू ले १ लाख दिराम र अजित रामचन्द्रकैमल ५० हजार दिराम रकम चिठ्ठामा जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर