कलाकार महादेव त्रिपाठीलाई अमेरिकामा गोर्खाली सम्मान — OSNepal

कलाकार महादेव त्रिपाठीलाई अमेरिकामा गोर्खाली सम्मान

LC (KTM) February 07, 2023 0

काठमाडौंँ । चर्चित हास्यकलाकार महादेव त्रिपाठी अमेरिकामा सम्मानित भएका छन् । अमेरिकाको न्यु जर्सी राज्यका क्राउन्सिल प्रेसिडेन्ट जोयर वाटरम्यानले उनलाई ‘गोर्खाली सम्मान’ द्धारा सम्मानित गरेका हुन् ।अमेरिकाको न्यु जुर्सीमा आयोजित एक समारोहकाबीच उनलाई उक्त सम्मान डा. बिष्णुमाया परियारले प्रदान गरेकी थिइन् । नेपाली नागरिक परियार वाटरम्यानकी सल्लाहकार हुन् । शारिरक अवस्थतताको कारण वानरम्यानले आफ्नो प्रतिनिधित्वको रुपमा परियारलाई पठाएका थिए ।

अमेरिकाको एक सहरका मेयरबाट पुस्किृत हुन पाउदा आफुलाई गर्भ लागेको बताए । आफुले पाएको सम्मान आफ्नो मात्र नभएर पुरै नेपालीको सम्मान भएको सुनाए ।परियार यस अगाडि जर्सी सिटी सहरका मेयर स्टिभन फुलपको विविधता र समावेसी बोर्डकी पुर्व सल्लाहकार रहेकी परियार हाल जर्सी सिटी सहरको महिला सल्लाहकार तथा रोजगार तालिम कमिटीको सदस्य रहेकी छन् । कार्यक्रममा चर्चित फाटो ग्राफर सागर गुरुङ, रमेश कुमार दर्नाल लगायतको उपस्थिती रहेको थियो ।

अमेरिकामा नेपाली कलासंस्कृति प्रदर्शन र सांगीतिक मनोरञ्जनको उदेश्यले करिब दुई दर्जन कार्यक्रम सहित केही महिना पहिले अमेरिकामा पुगेका कलाकार त्रिपाठीले जादु, कमेडी र गीतसंगीतबाट दर्शक झुमाउदै आएका छन् । त्रिपाठीले अमेरिकाको न्युयोर्क, भर्जेनिया, क्यालिफोनिया, डालस, न्यु जर्सी लगायतका स्थानमा करिब एक दर्जन कार्यक्रम गरिसकेका छन् ।

अझै अमेरिकाको बिभिन्न शहरमा केही कार्यक्रम बाँकी रहेको त्रिपाठीले जानकारी दिए ।त्रिपाठीलाई नेपालबाट अमेरिका कार्यक्रमका लागि मनास्लु वल्र्ड कलेज चुच्चेपाटीले पठाएको हो । अमेरिकामा रहेका नेपालीलाई मनोरञ्जन दिलाउदै अमेरिकाको बिभिन्न शहमा नेपाली कलासंस्कृति प्रदर्शन गर्नु र अमेरिका निवासी नेपाली तथा अमेरिकीलाई नेपाल भ्रमणमा आकषर्ण गर्नु उनको अमेरिका कार्यक्रमको उदेश्य हो । कलाकार त्रिपाठी अमेरिकाको बिभिन्न ठाउँमा सम्मानित समेत हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर