आर्थिक वर्षको साउनदेखि पुससम्म वैदेशिक रोजगारीमा गएका ८१९ जना श्रमिकको मृत्यु — OSNepal

आर्थिक वर्षको साउनदेखि पुससम्म वैदेशिक रोजगारीमा गएका ८१९ जना श्रमिकको मृत्यु

LC (KTM) February 08, 2023 0

काठमाडौं । विगत लामो समयदेखि उकालो लागेको वैदेशिक रोजगारीको मृत्यु र अंगभग दर चालू आर्थिक वर्षको पहिलो ६ महिनामा घटेको छ । जनचेतना र अभिमुखीकरण तालिम प्रभावकारी भएसँगै वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर घटेको हो ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य गरिएको पूर्वस्थान अभिमुखिकरण कार्यक्रम प्रभावकारी बनाइएपछि मृत्युदर घटेको बताए ।गत आर्थिक वर्षको साउनदेखि पुससम्म वैदेशिक रोजगारीका क्रममा ८१९ जना श्रमिकको मृत्यु भएको थियो भने १४४ श्रमिक अंगभंग भएका थिए ।

यो संख्या चालू आवको ६ महिनामा घटेको छ । चालू आवको साउनदेखि पुससम्म ६१५ श्रमिकको मृत्यु भएको छ भने ११५ श्रमिक अंगभंग भएको बोर्डको तथ्यांक छ ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर