प्रेम दिवसको पूर्वसन्ध्यामा प्राञ्जलको समयको चर्चा — OSNepal

प्रेम दिवसको पूर्वसन्ध्यामा प्राञ्जलको समयको चर्चा

LC (KTM) February 12, 2023 0

काठमाडौं । प्रेम दिवसको छेको पारेर प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘समय’ सार्वजनिक भएको छ । प्राञ्जलकै शब्द, संगीत, निर्देशन र कमल रानाको एरेञ्ज, मिक्सङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्राञ्जललाई स्वरमा वेनिशा पौडेलले साथ दिनुभएको छ ।

योगेश शाक्यको छांयकन, सम्पादन र कलर रहेको गीतको भिडियोमा अनु आचार्य, अनेल पौडेल, आशिस कुमार केसी र प्राञ्जलको अभिनय रहेको छ । प्रेम दिवसमा आफ्नो प्रेमीलाई प्रोपज गर्न तयार भएको युवतीले अर्कै युवालाई प्रपोज गरेपछिको घटनाक्रम भिडियोको कथामा वस्तु उनिएको छ । यथर्था घटना के हो भन्ने विषयमा भने सस्पेन्स राखिएको भिडियो निकै राम्रो बनेको छ । बुटवल, भैरहवा र लुम्बिनीका रमणीय क्षेत्रमा छायाँकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । ओएसआर डिजिटलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

रुपन्देहीको भैरहवमाका स्थायि बासिन्दा प्रञ्जलको यसअघि सार्वजनिक गीत ‘दिलमा सर्किट बनेर’ निक्कै मनपराइएको थियो । आफ्ना अन्य गीत जस्तै यो गीतले पनि दर्शक/स्रोताको साथ पाउने आफूले आशा राखेको प्रञ्जलले बताउनुभयो । ‘सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोता/दर्शकमाझ पस्किएको छौं, दर्शक/स्रोताले मनपराइदिनुहुन्छ भन्नेमा आशावादी छौं’, प्रञ्जलले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर