राम्रो फूल पनि हिलोमा फुल्ने भन्दै समिक्षाको तारिफ गर्दै एलिनाले भनिन् 'हिम्मत नहार' — OSNepal

राम्रो फूल पनि हिलोमा फुल्ने भन्दै समिक्षाको तारिफ गर्दै एलिनाले भनिन् ‘हिम्मत नहार’

LC (KTM) February 12, 2023 0

काठमाडौँ । गायिका एलिना चौहानले अर्की गायिका समिक्षा अधिकारीको तारिफ गर्दै हिम्मतिली भनेकी छिन् ।

उनले राम्रो फूल पनि हिलोमा फुल्ने भन्दै समिक्षाको तारिफ गर्दै तिम्रो समय नराम्रो चलेका कारण तिमी समस्या पर्यौ तर तिमी आँफैमा नराम्रो मान्छे नभएको बताइन् ।

एक टेलिभिजन अन्तरवार्ताका क्रममा गायिका चौहानर्ले समिक्षालाई हिम्मत नहान ढाडस दिँदै उ फेरी उठेर हिँड्न सक्ने मान्छे भएको बताइन् ।

समिक्षाले हरेक दिन सामाजिक संजालमा तस्विर पोष्ट गर्ने विषयमा सोधिएको प्रश्नको उत्तर दिँदै पल शाह र समिक्षा दुवैको समय नराम्रो चलेका बताइन् । हेर्नुहोस् एलिनाले दिएको पछिल्लो अन्तरवार्ता भिडियोमा

‘लान्छु आज सालीको हात मागेर’ सार्वजनिक : गीतकार हिराकाजी थापाको शब्द सिर्जनामा तयार गीत ‘लान्छु आज सालीको हात मागेर’ बोलको कौडा गीतको भिडियो सार्वजनिक भएको छ ।

ओम सुनारको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतमा खड्ग गर्बुजा र तृप्ति खड्का गुरुङको स्वर रहेको छ । सार्वजनिक कौडा गीतमा चर्चित हास्य अभिनेता बुद्धि तामाङ, वेदना राई र श्रवण थापालगायतका कलाकारको अभिनय छ ।

गीतकार थापाकै निर्देशनमा तयार सार्वजनिक गीतले गाउँ घरमा रमाइलो गर्दै कौडा खेल्दाको रमाइलो पक्ष र साली भेनाको सवाल जवाफलाई कलात्मक शैलीमा भिडियोमा कैद गरिएको छ ।

उत्सव दाहालको छायाङ्कन तथा प्रविन भट्टको सम्पादन रहेको गीतका निर्माता सञ्जय थापा, सरिता थापा र सञ्जित आले हुनुहुन्छ।

बेलायतबाट भर्चुअल माध्यममै आधा दर्जन बढी भिडियो निर्देशन गरिसकेका निर्देशक थापाको ‘लान्छु आज सालीको हात मागेर’ बोलको गीत आठौँ प्रस्तुति हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर