संगीतकार सिएल र निर्देशक केशवराजको सहकार्यमा तयार 'शितल शितल'मा मलिका — OSNepal

संगीतकार सिएल र निर्देशक केशवराजको सहकार्यमा तयार ‘शितल शितल’मा मलिका

LC (KTM) February 13, 2023 0

काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक रवि शर्माको स्वर रहेको शितल शितल बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।पछिल्लो पुस्ताका चर्चित संगीतकार सिएल शर्माको संगीत, रोहित घिमिरहेको शब्द , पुष्कर खत्रीको मिक्सिगं,मास्टरिगं र एरेन्ज रहेको सार्वजनिक गीतको भिडियो मनाङ र मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको हो ।

केशवराज भट्टको निर्देशनमा तयार भिडियोले मनाङ र मुस्ताङका राजकुमार र राजकुमारीको पुर्नजन्मको कथालाई भिडियो मार्फत देखाउन खोजेका छन् ।

भिडियोमा नायिका तथा मोडल मलिका महत र प्रिन्स चौहानको अभिनय देख्न सकिन्छ । बुद्ध थापाको छायांकन तथा दिलशन शाहको सम्पादन रहेको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर