OSNepal आइतबार, मंसिर १९ २०७८

तीन वर्षीय बालकको हत्या गरेको अभियोगमा २ किशोरी पक्राउ

तीन वर्षीय बालकको हत्या गरेको अभियोगमा २ किशोरी पक्राउ

  • OSNepal
  • बिहिबार, असार २४ २०७८


तीन वर्षीय बालकको हत्या गरेको अभियोगमा २  किशोरी  पक्राउ
Reading Time: < 1 minute

कैलाली २४ असार । टिकापुर नगरपालिका-१ ब्लक नम्बर ८ मुनुवा रोड बस्ने दिलिप बिष्टको छोरा साढे तीन वर्षीय गोलु भन्ने विवेक बिष्टको हत्या गरेको अभियोगमा २ जना किशोरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १५ वर्षीया किशोरी र टिकापुर नगरपालिका-१ डेरा गरी बस्ने लम्की चुहा नगरपालिका-६ घर भएकी १४ वर्षीया किशोरी रहेका छन् ।दिदी नातापर्नेसँग जामुन खान गएको अवस्थामा सोमबार बिहानदेखि बेपत्ता भएका विकेकको खोजी गर्ने क्रममा टिकापुर नगरपालिका-४ घोयली उपभोक्ता वनस्थित जमरा कुलोमा बुधबार साँझ शव फेला परेको थियो ।

उक्त घटनाको थप अनुसन्धानका लागि तत्काल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट २ वटा स्नीफङ डग सहित खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
विकेकलाई पारिवारिक रिसइवीका कारण हत्याको योजना बनाई जामनु खाने निहुँमा घरबाट करिब ५ सय मिटर टाढा कुलोमा लगि बालकले लगाएको चाँदीको बाला निकाली बालकलाई धक्का दिई कुलोमा खसाली हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड