भारतमा पछिल्लो २४ घण्टामा ४७० जनाको मृ‌त्यु, ३५ हजार बढीले जिते कोरोना — OSNepal

भारतमा पछिल्लो २४ घण्टामा ४७० जनाको मृ‌त्यु, ३५ हजार बढीले जिते कोरोना

LC (KTM) July 09, 2021 0

काठमाडौँ– भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दो दरमा देखिएको छ । विहीबार ४५ हजार ८९२ जना नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा ३४ हजार ४४३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै सोही अबधीमा भारतमा ४७० जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण कुल मृतकको सङ्ख्या ४ लाख ५ हजार ५२७ पुगेको छ ।भारतमा अहिले सक्रिय संक्रमितको संख्या ४ लाख ६५ हजार ६३६ रहेको छ । भारतमा २ करोड ९८ लाख ७१ हजार बढीले कोरोना जितेका छन् । ती मध्ये ३५ हजार ३८५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर