लोकप्रिय गायिका इन्दिरा जोशीको 'ॐ नवंम शिवाय'को चर्चा, हेर्नुहोस् भिडियो — OSNepal

लोकप्रिय गायिका इन्दिरा जोशीको ‘ॐ नवंम शिवाय’को चर्चा, हेर्नुहोस् भिडियो

LC (KTM) February 20, 2023 0

काठमाडौँ । लोकप्रिय गायिका इन्दिरा जोशीको ॐ नवंम शिवाय बोलको भजन रिलिज गरिएको छ । गायिका इन्दिराकै शब्द तथा संगीत रहेको सार्वजनिक भजनमा इन्दिरा जटाधारी शिव अवतारमा देखा परेकी छिन् ।

पशुपतिनाथ मन्दिर परिसरमा छायांकन गरिएको सार्वजनिक भजनमा इन्दिरा अहिलेसम्मकै भिन्न अवतार र प्रस्तुतीमा जय शम्भो भोले जय जय भन्दै देखा परेकी छिन् । ३ मिनेट लामो भजनमा इन्दिराले भगवान शिवको महिमाको हदैसम्मको वर्णन गरेकी छिन् ।

सक्षम श्रेष्ठको संगीत रहेको भजनको भिडियोको निर्देशन पनि श्रेष्ठले नै गरेका हुन् । जसमा छायांकन र सम्पादन गौरव बिष्ट, कलरिगं मिन रावलको रहेको छ । भजनको भिडियो गायिका इन्दिराकै अफिसियल च्यानल इन्दिरा जोशी अफिसियलबाट बजारमा आएको हो । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर