च्याउले एक अर्कासँग बोल्ने गरेको रहस्य पत्ता लगाए वैज्ञानिकले — OSNepal

च्याउले एक अर्कासँग बोल्ने गरेको रहस्य पत्ता लगाए वैज्ञानिकले

LC (KTM) February 23, 2023 0

काठमाडौँ । च्याउले पनि एकआपसमा मानिसले जस्तै कुराकानी गर्ने गरेको रहस्य बैज्ञानिकहरुले पत्ता लगाएका छन् । च्याउसँग पनि आफ्नो मस्तिष्क हुने र महसुस गर्ने चेतना भएको रहस्य हालै बैज्ञानिकले पत्ता लगाएको दाबी गरिएको छ । च्याउले आफ्नो मस्तिष्कलाई तेज बनाउनका लागि मानिस जस्तै निरन्तर सक्रिय हुने गरेको तथ्य युनिभर्सिटी अफ वेष्ट इंगल्याण्डका शोधकर्ताहरूले बताउका छन् ।

जुन कुरा जर्नल अफ न्युरोकेमिस्ट्रीमा प्रकाशित छ । हेलेसियम रियासिअस नामक च्याउमा एउटा यस्तो प्रोटिन हुन्छ जसले स्नायुको विकासमा काम गर्दछ । उक्त प्रोटिनलाई न्युरोट्रोफिन्स भनिन्छ । उक्त प्रोटिनयुक्त च्याउको सेवनले मानिसको मस्तिष्क विकासमा समेत काम गर्ने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएको उक्त जर्नलमा उल्लेख छ ।

मानिसको सरीरमा पनि न्युरोट्रोफिनले मस्तिष्कको विकासमा अहम भूमिका खेले जसरी च्याउले पनि त्यसरी नै काम गर्ने बैज्ञानिकहरुको दाबी छ । च्याउहरु करिब ५० शव्द बोल्न सक्ने अध्ययनमा सहभागी बैज्ञानिकहरुले उल्लेख गरेका छन् । विद्युतीय तरंगको माध्यमबाट ती शव्दहरु एकबाट अर्कोसम्म पुग्ने बैज्ञानिक बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर