स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ प्रदेश नं १ को अध्यक्षमा झापाका युवराज बोहरा — OSNepal

स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ प्रदेश नं १ को अध्यक्षमा झापाका युवराज बोहरा

LC (KTM) February 26, 2023 0

स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ प्रदेश नं १ को अध्यक्षमा झापाका युवराज बोहरा सर्वम्मत चयन भएका छन् ।विराटनगरमा आज भएको स्वास्थ्य तथा शैक्षिक क्षेत्रका विज्ञ एवम् सरोकारवालाहरुको भेलाले झापाको विर्तामोड–३ सैनिकमोडस्थित मेची आँखा अस्पतालमा स्वास्थ्य शिक्षा अधिकृत पदमा कार्यरत बोहरालाई अध्यक्षमा चयन गरेको हो ।

स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघका केन्द्रीय उपाध्यक्ष एवम् सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख हेमराज खड्काको अध्यक्षतामा आयोजित भेलाको १ नं प्रादेशिक स्वास्थ्य तालिम केन्द्र धनकुटाका निर्देशक रोहितकुमार पाण्डेले उद्घाटन गरेका थिए ।
भेलाले सचिवमा ओमनारायण यादव र कोषाध्यक्षमा विनिता दवाडीलाई चयन गरेको छ भने सदस्यमा नवराज प्रधान र आदित्य शाक्य चयन भएका छन् ।

भेलाले रोहितकुमार पाण्डेलाई सल्लाहकार संयोजकमा चयन गरेको छ । प्रभावकारी पहुँचयोग्य सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा कायम गरी प्रवद्र्धनात्मक स्वास्थ्य सेवाका लागि पैरवी, जनचेतना अभिबृद्धि एवम् पेशागत स्वास्थ्यका लागि पैरवी गर्ने उद्देश्यले गठन भएको संघले प्रदेश नं १ मा पहिलो पटक संगठन विस्तार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर