खाद्यान्न उद्योगमा भीषण आगलागी : ५२ जनाको मृत्यु, ३० जना घाइते — OSNepal

खाद्यान्न उद्योगमा भीषण आगलागी : ५२ जनाको मृत्यु, ३० जना घाइते

LC (KTM) July 09, 2021 0

काठमाडौं-  बंगलादेशको एक खाद्यान्न उद्योगमा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ।बिहीबार साँझदेखि आगलागी हुँदा ५२ जनाले ज्यान गुमाएको बताइएको छ ।आगलागी भएपछि केही कामदार भाग्न सफल भए पनि त्यहाँ अड्किएका ५२ जनाले ज्यान गुमाएका हुन्।

प्रहरी तथा प्रत्यक्षदर्शीहरूका अनुसार हशेम फुड एन्ड बेभेरेज फ्याक्ट्रीमा झन्डै २४ घन्टादेखि आगलागी सुरू भएको थियो।आगलागीमा परी अन्दाजी झन्डै ३० जना मानिस घाइते भएका छन्। भवनमा जम्मा गरी राखेको विभिन्न रसायन तथा प्लास्टिकहरूका कारण ठूलो आगोलागी भएको बताइएको छ ।भित्र कति जना फसेका थिए भन्ने कुरा अहिले खुलिनसकेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर