कोरोना अपडेट : आज २२३९ जना संक्रमित थपिए, १३१६ जनाले जिते कोरोनालाई — OSNepal

कोरोना अपडेट : आज २२३९ जना संक्रमित थपिए, १३१६ जनाले जिते कोरोनालाई

LC (KTM) July 09, 2021 0

पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार २३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३१३ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार छ हजार ६५७ जनामा पिसिआर परीक्षण गर्दा एक हजार ४७९ र चार हजार ६५६ जनामा एन्टिजेन परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर एक हजार ३१६ जना सङ्क्रमित निको भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या छ लाख १६ हजार ९२९ जना पुगेको छ । नेपालमा निको हुने प्रतिशत ९४ दशमलव ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २० जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ३४० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर