मिस नेपाल नर्थ अमेरिका २०२३ को आवेदन-पत्र खुल्यो ,यस बर्ष जुलाई २२ मा समापन समारोह हुने — OSNepal

मिस नेपाल नर्थ अमेरिका २०२३ को आवेदन-पत्र खुल्यो ,यस बर्ष जुलाई २२ मा समापन समारोह हुने

LC (KTM) March 01, 2023 0

विजय थापा । बिश्व कै सम्राट राज्य न्यूयोर्कमा हुदै आएको मिस नेपाल नर्थ अमेरिका(उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ को आवेदन -पत्र खुला गरिएको छ । आवेदन(एप्लिकेसन)आज फेब्रुअरी २८ का दिन देखि प्रारम्भ गरिएको छ भने आवेदन दिने अन्तिम मिति मे ३१ ,२०२३ सम्म रहेको छ ।

मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक बर्ष अगस्त महिनामा हुदै आएता पनि यस बर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ ।

बिगत बर्ष झैँ यस बर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुने आयोजक संस्थाका संस्थापक सैलेश श्रेष्ठ ईनेप्लिजलाई बताए ।

“अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण” भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगीताको आयोजना ड्रिम्स युनिभर्सलले गर्नेछ ।

मिस नेपाल नर्थ अमेरिका (एमएनएनए) ले नेपाली महिलाहरूलाई आफ्नो महत्वाकांक्षा साकार पार्न, आत्मसम्मान बढाउन र रोल मोडेल (अनुकरणीय व्यक्ति)बन्न मञ्च प्रदान गर्दछ । हाम्रो लक्ष्य तपाईहरुलाई भविष्यको सफलताको लागि अवसर प्रदान गर्नु हो भनि बिज्ञप्तिमा उल्लेख गरेको छ ।

बिज्ञप्तिमा हामी मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि आज देखि मे ३१, २०२३ सम्म आवेदनहरू स्वीकार गर्दैछौं भनि जनाईएको छ ।

साथै कुनै जिज्ञाशा भएमा आयोजकसंग सम्पर्क गर्न समेत आह्वान गरिएको छ । साथै आयोजक टोलीले यस कार्यक्रमलाई सफल बनाउनको लागि हरेक दिन कडा मेहनत गरिरहेको जनाएका छन् ।

आयोजकले थप जानकारी हरू, विजेताहरूका पुरस्कार तथा अन्य विवरणहरू क्रम संगै जानकारी गराईने जनाएका छन् । गत बर्ष न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ मा प्रतियुशा बोहरा बिजेता बनेकी थिइन् । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी थिइन् ।

मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर रहेकी थिइन् भने निशा पाठक तथा साहना बज्राचार्यद्वय कार्यक्रम प्रस्तोता रहेका थिए । मिस नेपाल नर्थ अमेरिका २०२२ मा नेपाल सुन्दरी प्रियंका रानी जोशीको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर