प्रदेश १ ले अन्य प्रदेश भन्दा अगाडि कोभीड अस्पताल ब्यवस्थित गरेको मन्त्रि राईको दाबी — OSNepal

प्रदेश १ ले अन्य प्रदेश भन्दा अगाडि कोभीड अस्पताल ब्यवस्थित गरेको मन्त्रि राईको दाबी

LC (KTM) July 09, 2021 0

प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले अन्य प्रदेश भन्दा अगाडि नै आफ्नो प्रदेशले कोभीड अस्पताललाई ब्यवस्थित बनाएको दाबी गरिन् । प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले जनताको मन जित्न सफल भएको बताउनु भएको छ ।

उनले प्रदेश सरकारले कोभिड अस्पतालका लागि पर्याप्त जनशक्तिको प्रवन्ध गरिएको पनि बताए । मन्त्री राईले आईसीयु, भेन्टिलेटरमा उपचाररत विरामीको अवस्थाबारे कन्ट्रोल रुमबाट जानकारी पनि लिएकी थिईन् । कोरोना संक्रमणको अन्त्यपछि कोभिड अस्पताललाई स्त्री रोग तथा प्रसुती अस्पताल बनाउने तयारी रहेको उनले जानकारी दिईन् ।

मन्त्री राईले भनिन्,‘ प्रदेश सरकारले यसका लागि आवस्यक वजेटको पनि प्रवन्ध गरेको छ ।’ ९६ वटा वेड रहेको कोभिड अस्पतालमा आज ४१ जना उपचारत रहेको अस्पतालका संयोजक वैजनाथ साहले जानकारी दिए । उनका अनुसार जनरल वेडमा ८, एचडियुमा १५ र आईसीयुमा १८ जना उपचाररत छन् । उनले पछिल्लो समय अस्पतालमा भर्ना हुने दर घट्दै गएको बताए ।

कोभिड अस्पतालले सुविधा सम्पन्न सेवा दिएको मन्त्रि राईको भनाई थियो । निःशुल्क र विश्वसनीय सेवा दिएकै कारण कोभिड अस्पतालले जनताको मन जितेको मन्त्री राईले बताईन् । सामाजिक विकास मन्त्री राईले आज अस्पतालको अनुगमन गर्दै यस्तो कुरा बताएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर