क्यालिफोर्नियामा यसरी मनाइदैछ अन्तराष्ट्रिय नारी दिवस — OSNepal

क्यालिफोर्नियामा यसरी मनाइदैछ अन्तराष्ट्रिय नारी दिवस

LC (KTM) March 05, 2023 0

अन्तरराष्ट्रिय नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो दिवस हरेक वर्ष ८ मार्चमा विश्वभरी मनाइन्छ ।

राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो । यसैबिच यो वर्ष पनि विश्वभर धुमधामले यो दिवस मनाउने तयारी गरिएको छ ।

जसअन्तर्गत सन् २०१२ मा स्थापना भएको एनडब्लूजिएन क्यालिफोर्निया च्याप्टर गैर नाफा मुलक महिलाको नेतृत्वमा रहको संस्थाले नेपाली महिलाहरुको दुख सुखमा साथ दिँदै आएण्को छ । यसले आर्थिक अवस्था नाजुक भएका महिलाहरुलाई पनि सहयोग गर्दै आइरहेको संस्थाकी अध्यक्ष लक्ष्मी खरेलले जानकारी दिइन् ।

संस्थाले यस वर्ष “DigitALL: Innovation and technology for gender equality” #EmbraceEquity. भन्ने मुल नाराका साथ यो वर्षको अन्तराष्ट्रिय नारी दिवस मनाउँदैछ । कार्यक्रम मार्च १२ का दिन दिउसो ४ देखि साँझ ९ बजेसम्म आयोजना हुनेछ ।

कार्यक्रम 1701 San Pablo Ave, Berkeley, CA, 94702 (Berkeley Adult School) मा हुनेछ भने कार्यक्रममा प्रवेशका लागि २० डलर शुल्क लाग्नेछ भने ११ वर्ष मुनिका बालबालिकाहरुका लागि निशुल्क राखिएको छ । यस कार्यक्रमबाट उठेको रकम महिलाहरुकै हक, हित र उत्थानका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर