दुवईमा नेपाली युवा जीवन अलपत्र, उद्धार गरिदिन आग्रह — OSNepal

दुवईमा नेपाली युवा जीवन अलपत्र, उद्धार गरिदिन आग्रह

LC (KTM) March 06, 2023 0

काठमाडौं -संयुक्त अरब इमिरेन्ट्स ९दुवई०मा एक नेपाली युवा अलपत्र परेका छन् । पत्र पर्नेमा अर्घाखाँचीका जीवनराम आचार्य रहेका छन् । मालारानी गाउँपालिका(१, फाप्रेका आचार्यले आफू अलपत्र परेको बताउँदै छिटोभन्दा छिटो नेपाल फर्किन चाहेको बताएका छन्।

उनले भनेका छन् ‘मेरो स्वास्थ्य अवस्था बिग्रेको छ। म नेपाल फर्कंन चाहन्छु हेल्प काम सजिलो र आरामदायी छ, सामान प्याकिङ्ग गर्ने हो’, भनेर पठाएको तर भनेअनुसारको काम नभएर आफ्नो अबस्था विजोग भएको बताएका छन् । १२ घण्टा उभिएर काम गर्नुपर्छ। एक सेकेन्ड यता उता गर्न पाइदैँन। म नेपाल फर्कन चाहन्छु ’ उनले भनेका छन् ।

आचार्य काठमाडौंको ‘गणपती ओभरसिज’ बाट दुवई गएका थिए। आँखामा समस्या भएर काम गर्न पनि नसकेको उनले बताएका छन्। उपचार गर्न कम्पनीले समय र पैसा नदिएको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर