भारतमा कोरोनाबाट दैनिक मृ तकको सङ्ख्यामा वृद्धि ,एकै दिन यति धेरैले ज्यान गुमाए — OSNepal

भारतमा कोरोनाबाट दैनिक मृ तकको सङ्ख्यामा वृद्धि ,एकै दिन यति धेरैले ज्यान गुमाए

LC (KTM) July 10, 2021 0

नयाँ दिल्ली, २६ असार- भारतमा कोरोनाबाट दैनिक मृतकको सङ्ख्यामा फेरि वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण एक हजार २०६ जनाको मृ त्यु भएको जनाएको छ । भारतमा यसअघि एक दिनमा ९११ जनाको कोरोनाभाइरसका कारण भएको विवरण शुक्रबार बिहान सार्वजनिक गरिएको थियो ।

योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख सात हजार १४५ जनाको मृ त्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४२ हजार ७६६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको कुल सङ्ख्या चार लाख ५५ हजार ३३ पुगेको छ । यो सङ्ख्या कुल सङ्क्रमितमध्येको १.४८ प्रतिशत रहेको छ ।

सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या भारतमा अहिलेसम्म कुल दुई करोड ९९ लाख ३३ हजार ५३८ पुगेको छ । भारतमा पछिल्लो एक दिनमा ४५ हजार २५४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्याभन्दा थपिएका सङ्क्रमितहरूको सङ्ख्या थोरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या पनि घट्दै गइरहेको छ । भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ९७.२० प्रतिशत रहेको छ । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर