ग्रीसमा रेल दुर्घटनाको विरोधमा ५० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा — OSNepal

ग्रीसमा रेल दुर्घटनाको विरोधमा ५० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा

LC (KTM) March 08, 2023 0

ग्रीस – देशको सबैभन्दा खराब रेल दुर्घटनाप्रति आक्रोश व्यक्त गर्दै ग्रीसमा बुधबार ५० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएका छन् । साथै, मजदुरहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सामूहिक हडताल गरेका छन् ।

गत फेब्रुअरी २८ मा एक मालबाहक रेल र अधिकांश विद्यार्थी सवार यात्रुबाहक रेल आपसमा ठोक्किँदा कम्तीमा ५७ जनाको मृत्यु भएको थियो भने घटनापछि आक्रोशित आफन्तजन र सर्वसाधारणले घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

घटनामा घाइते अन्य १४ जना अस्पतालमा उपचाररत रहेका छन् ।एथेन्सका प्रदर्शनकारीहरूले यो दुर्घटना होइन, यो अपराध हो’ र त्यो रेलमा हामीमध्ये कोही पनि हुन सक्छौं’ लेखिएको साइनबोर्डहरूसहित प्रदर्शनमा सहभागी बनेका छन् । दुर्घटनाको विरोधमा देशभरका ५३ हजार भन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएको प्रहरीले जनाएको छ ।

एथेन्सका प्रदर्शनकारी ५४ वर्षीय सिभिल इञ्जिनियर निकी सिउताले एएफपीसँग भन्नुभयो, “म मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्न मात्र होइन, आफ्नो रिस र निराशा व्यक्त गर्न पनि आएको हुँ ।” “यो सरकार जिम्मेवारीबाट हट्नुपर्छ,” उहाँले भन्नुभयो ।

एथेन्समा करिब ३० हजार, ग्रीसको दोस्रो सहर थेसालोनिकीमा १५ हजार र पश्चिमी बन्दरगाह शहर पत्रासमा १० हजार प्रदर्शनकारी रहेको ग्रीसका प्रहरी प्रवक्ताले एएफपीलाई बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर