यो जोडीले किन पाउँदैन होटलमा खोजेजस्तो कोठा ? — OSNepal

यो जोडीले किन पाउँदैन होटलमा खोजेजस्तो कोठा ?

LC (KTM) March 09, 2023 0

काठमाडौं । ६५ वर्षका एक पुरुषकी पत्निको उमेर जम्मा २२ वर्षको छ । यो जोडी उमेर अन्तरै कारण अहिले चर्चामा छ ।

बुढेसकालमा भर्खरकी युवतीसँग विबाह गरेका ६५ वर्षका बृद्धले २२ वर्षकी जवान युवतीसँग विबाह गरेता पनि उनले घुमघामका क्रममा ढुक्कसँग एउटै पलङ भएको कोठा पाउन सकेका छैनन् ।

आफ्ना पतिसँग कतै घुम्न निस्किएका बेला आँफुलाई पति पत्निको व्यबहार नभएर अनौठो व्यवहार हुने गरेको पत्निले बताउँदै आएकी छिन् । यो दम्पत्तिको उमेरमा ४३ वर्षको अन्तर भएकै कारण बास बस्न पुगेको होटलका कर्मचारीले उनीहरु देख्दा बाबु छोरीजस्तो देखिने भएकै कारण एउटै कोठामा २ वटा पलङ भएको कोठा देखाउने गरेका छन् ।

यो जोडी टिकटकमा पनि भेटिन्छ । करिब ६० हजार फलोअर्स भएको उनीहरुको @shadieshafik नामक टिकटकमा पनि उनीहरु दुईवटा बेड भएको कोठामा बसेर एक अर्काको हात समाउँदै गीत गाइरहेका भेटिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर