अभिनयमा जम्दै विष्णु गैरे, गैरेको अभिनय रहेको हाँस्यशृखला लास्टाँ त्यैँ चर्चामा — OSNepal

अभिनयमा जम्दै विष्णु गैरे, गैरेको अभिनय रहेको हाँस्यशृखला लास्टाँ त्यैँ चर्चामा

LC (KTM) March 09, 2023 0

काठमाडौँ । चर्चित हाँस्यकलाकार दमन रुपाखेतीको कथा र निर्देशन रहेको हाँस्यशृखला ‘लास्टाँ त्यैँ’को भाग ३५ सार्वजनिक सार्वजनिक भएको छ ।

दमन रुपाखेती, शिवहरि (बैरागी) नेपाल, सुरेन्द्र केसी (मुलासाग), स्वातिका लामिछाने, निरज नेपाल,सुमन गिरी (भान्जा), सुबि शाही, आर.के. मानन्धर, विष्णु गैरे, मन्जिता खनाल, लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको चर्चित हाँस्य हाँस्यशृखला ‘लास्टाँ त्यैँ’को भाग ३५ ले हतारमा विबाह गरेर फुर्सदमा पछुताउनु परेको विषयलाई मुख्य रुपमा उठाएको छ ।

जसमा विशेष अतिथि कलाकारका रुपमा रामचन्द्र अधिकारी ( गोतामेबा) को भूमिका पनि देख्न सकिन्छ । विबाहमा आफ्नै भान्जाले कमिसन खान खोज्दा मामालाई भएको धोकालाई देखाइएको छ । जसमा कलाकार विष्णु गैरेले बेजोड अभिनय गरेका छन् । हेर्नुहोस् यो रमाइलो कथा भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर