अस्ट्रेलिया मा पहिलो अन्तराष्ट्रिय नेपाली डान्स रियालिटी सो "मेरो डान्स युनिभर्स" को २० मार्च अडिसन हुदै — OSNepal

अस्ट्रेलिया मा पहिलो अन्तराष्ट्रिय नेपाली डान्स रियालिटी सो “मेरो डान्स युनिभर्स” को २० मार्च अडिसन हुदै

LC (KTM) March 11, 2023 0

अस्ट्रेलिया मा अन्तराष्ट्रिय नेपाली डान्स रियालिटी सो “मेरो डान्स युनिभर्स” को अडिसन हुने भएको छ । इन्ट्रा फाउन्डेसन वेलफेयर सपोर्ट फाउन्डेसन अफ अमेरिका द्वारा आयोजित उक्त कार्यक्रम को अडिसन २० मार्च २०२३ मा अस्ट्रेलिया को Para Villa 42 Campbell st, Paramatta,NSW 2150 मा १० बजे बाट हुने भएको छ। यदि अस्ट्रेलिया मा हुनु हुन्छ र उक्त अडिसन मा भाग लिन चाहनु हुन्छ भने १८ वर्ष पुरा गर्नु भएका क्यानडीडेटहरु ले अडिसन दिन सक्नु हुनेछ । साथै अनलाइन रजिस्ट्रेसन को लागि My Intra  एप डाउनलोड गरि गर्न सकिने आयोजक ले जानकारी दिएको छ।

मुख्य जजहरु नायक दिलिप राईमाझी र चर्चित नृत्य निर्देशक तथा कलाकार विजय जंग थापा को भूमिका रहने आयोजक ले जानकारी दिएको छ।साथ मा चर्चित कलाकारहरु शंकर बि सी, प्रियंका कार्की, मिथिला शर्मा, केकी अधिकारी र नर मन राई को उपस्थिति रहने छ भने उक्त “मेरो डान्स युनिभर्स” को विजेता लाई रु एक करोड पुरस्कार छ भने फर्स्ट रनर अप को रु ३० लाख र सेकेन्ड रनर अप को रु २० लाख को पुरस्कार दिइने आयोजक ले जानकारी दिएको थियो। उक्त कार्यकम मा भाग लिन इच्छुक व्यक्तिहरु ले तुरुन्त माथि उल्लेखित जानकारी अनुसार सम्पर्क गरि अडिसन को लागि तयारी हुन आयोजक ले सबैमा अनुरोध गरको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर