पहिरोमा परी उत्तरी ब्राजिलमा ८ जनाको मृत्यु — OSNepal

पहिरोमा परी उत्तरी ब्राजिलमा ८ जनाको मृत्यु

LC (KTM) March 13, 2023 0

ब्राजिलिया-उत्तरी ब्राजिलको अमेजन राज्यको राजधानी मानौसको पूर्वी भागमा सोमबार बिहान पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । चार बालबालिकासहित पीडितको शव विपद् स्थलबाट निकालिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । साथै आमा र छोरीको अवशेष भग्नावशेषमुनि अँगालो हालेको अवस्थामा भेटिएको छ ।

पहिरोले नौ वटा घरमा क्षति पु¥याएको छ । अग्निनियन्त्रक र वरपरका बासिन्दाहरूले अझै केही मानिसजरू जीवित हुनसक्ने भन्दै खोजी कार्यलाई तीव्र पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर